काठमाडौं – अमेरिकी डाइभर्सिटी भिसा (डीभी) का लागि आजदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार २०२० का लागि आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ ।
दूतावासले डीभी भर्न कुनै शुल्क नलाग्ने पनि प्रष्ट पारेकाे छ। अावेदन भर्न चाहनुहुनेहरूले www.dvlottery.state.gov मा गएर तोकिएको अवधिमा आवेदन भर्न सकिन्छ।
आवेदन दर्ता गर्दा श्रीमान-श्रीमती र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सुचीकृत गर्न अनिवार्य गरिएको छ । यदि अावेदनमा उनीहरुलाई समावेश नगरिएको खण्डमा आवेदन अमान्य ठहरिनेछ । दूतावासका अनुसार, मुख्य आवेदकले अयोग्य श्रीमान-श्रीमती वा सन्तानको विवरण समावेश गरी आवेदन दिएमा त्याे पनि अयाेग्य ठहरिने छ ।
एकभन्दा बढी आवेदन बुझाएकाे खण्डमा चिट्ठाका लागि अयोग्य ठहरिनेछ र अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्ने छैन् । फाेटाेहरू सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नुपर्नेछ ।
२०२० का लागि डीभीमा छनोट भए-नभएको ७ मे २०१९ पछि हेर्न सकिनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३