२६ कात्तिक, काठमाडौं – प्रधानमन्त्रीको तस्वीर प्रयोग गरेर कार्टुन बनाई फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ परेका विद्यार्थी नेतालाइ रिहाइको माग राख्दै नेपाल विद्यार्थी संघले काठमाडौंमा पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
मण्डनदेउपुर ५ तपेश्वर माविका नेविसंघ अध्यक्ष कृष्ण ढकालले प्रधानमन्त्रीको तस्वीर बिगारेर फेसबुकमा सेयर गरेको अभियोगमा पक्राउ गरी कारबाही अघि बढाएको छ ।
काठमाडौंको वाल्मिकी विद्यापीठका नेविसंघसम्वद्ध विद्यार्थीहरुले प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन् । प्रधानमन्त्रीको तस्वीर टाँसिएको पुत्ला जलाएपछि प्रहरीले उनीहरुलाई लेखेटेको थियो ।
सरकारले निर्दोष विद्यार्थीमाथि अनावश्यक अभियोग चलाएको र लोकतन्त्रमा वाक स्वतन्त्रत्रामाथि बन्देज लगाउन खोजेको भन्दै नेविसंघले देशका विभिन्न ठाउँमा प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३