काठमाडौं– निर्मला पन्त हत्या प्रकरणबारे छानविन गर्न गठित समितिले आइजीपी सर्वेन्द्र खनालसमक्ष प्रतिवेदन पेस गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यात नेतृत्वको छानविन समितिले सोमबार आइजीपी खनालसमक्ष प्रतिवेदन बुझाएको हो ।
प्रतिवेदनमा बलात्कारपछि हत्या गरेर फालिएकी निर्मला पन्तको विषयमा अनुसन्धान गर्ने प्रहरी कर्मचारी र उनीहरुको भूमिकाउपर छानविन गरिएको विषयलाई समेटिएको छ । सो घटनालगत्तै अनुसन्धान र अनुसन्धानमा खटिएका प्रहरी अधिकृत तथा जवानहरूको भूमिका माथिनै शंका उब्जिएपछि प्रहरीले बस्न्यातको नेतृत्वमा २०७५ भदौ ३१ गते उक्त छानविन समिति गठन गरेको थियो ।
कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका–२ बस्ने १३ वर्षीया निर्मला पन्त साउन ११ गते सोही नगरपालिका– १८ स्थित उखुवारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेकी थिइन् । सो हत्याकाण्डबारे अहिलेसम्म सत्य–तथ्य बाहिर आउन सकेको छैन ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३