नवलपरासी – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सरकार वाइडबडी विमान खरिदमा भएको घोटालालाई ढाकछोप गर्न लागि परेको बताएका छन् ।
वाइड बडी विमान खरिदमा भएको घोटालाबारे संसदीय उपसमितिले प्रतिवेदन दिएपछि सरकारले छानबिन आयोग बनाउनु ठीक नभएको उनले बताए । पौडेलले भने ‘यो छानबिन समिति होइन, कुनै आयोग होइन, यो त ढाकछोप आयोग हो ।’
उनले छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने बताए ।
आइतबार नवलपरासीको कावासोतीमा नेपाल प्रेस युनियन नवलपुरले आयोजना गरेको कार्यक्रममा उनले सरकार भ्रष्टचारी नै भ्रष्टचारीको सरकार भएको आरोप लगाए ।
नेता पौडेलले एजेण्डाको विषयमा कुरा मिलेमा सभापति शेरबहादुर देउवासँग एकता हुन सक्ने बताए । ‘के मा एकता हो त्यो प्रष्ट हुन पर्यो, एकताको एजेण्डा प्रष्ट हुन पर्यो जबरजस्ती हात उठाउन लगाउँदैमा सँगै हात समातेर फोटो खिच्दैमा पार्टी एकता हुन्छ ?’ उनले प्रश्न गरे ।
उनले एकता गर्ने जिम्मा पार्टी सभापति देउवाको हातमा रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३