घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले राजीनामा दिएका छन् । पाठकविरुद्ध महाअभियोग लगाउने तयारी भएपछि पाठकले त्यसवाट बच्न राजीनामा दिएका हुन् । राष्ट्रपति कार्यालय उच्च स्रोतका अनुसार पाठकले राष्ट्रपतिलाई राजीनामा बुझाइसकेका छन् ।
पाठक राजिनामा दिन केहीबेर अघि मात्रै राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए । यद्यपि राष्ट्रपति कार्यालयले भने यसबारे कुनै प्रतिकृया दिइसकेको छैन ।
पाठकले घुस लिएको स्वीकारेको भिडियो भेटिएको थियो । यसअघि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाठकविरुद्ध महाअभियोग लगाउन आजैबाट प्रकृया सुरु गर्ने बताएका थिए ।
आयुक्त पाठकले भक्तपुरस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिने भन्दै ७८ घुस लिएको बताइएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३