काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकालाई पोलमा झुन्डिएका विद्युत्का तारबाट मुक्त बनाउने भएको छ ।
प्राधिकरणले यसका लागि विद्युत् वितरण लाइनलाई भूमिगत गर्ने आयोजना अघि बढाएको हो । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका अनुसार रत्नपार्क वितरण केन्द्र र महाराजगन्ज वितरण केन्द्रको क्षेत्रमा पर्ने झन्डै ६ सय किलोमिटर ११ केभी र ४ सय भोल्टेज वितरण लाइनलाई भूमिगत गरिनेछ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।
यो काम गर्न प्राधिकरणले अन्तर्राष्ट्रिय बोलपत्रमार्फत कम्पनी छनोटसमेत गरिसकेको छ । तर, सम्झौता भने हुन बाँकी छ । छनोटमा परेको भारतीय कम्पनी केइआई इन्डिस्ट्रिज इन्डियालाई २८ दिने सूचना दिएर सम्झौता गर्न आउन पत्राचार गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३