काठमाडौं । सरकारले वैशाख १ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ बनाउने घोषणा गरेको थियो । पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधनसँगै ‘बुटिक एयरपोर्ट’ को सरकारी योजनासमेत मुर्झाएको छ ।
वैशाख १ आउन दुई महिना पनि बाँकी नरहँदा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रिपरिषदमा यसका लागि विभिन्न कामहरु टेन्डर नगरी सीधै गराउने गरी प्रस्तावसमेत लगेको थियो । तर, रविन्द्र अधिकारीले लगेको त्यो प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरेर फिर्ता पठाउनुका साथै पर्यटन सचिवलाई नै सरुवा गरिदिएका थिए । क्याबिनेटले आफ्नो प्रस्ताव अस्वीकृत गरेको अर्को साता नै हेलिकोप्टर दुर्घटनामा परी मन्त्री अधिकारीको निधन भयो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३