संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हतियार बिसाएर आएमात्रै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग सरकारले वार्ता गर्ने दोहोर्याएका छन् ।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री बास्कोटाले बमसँगै राखेर चन्द नेतृत्वको नेकपासँग वार्ताको कल्पना गर्न नसकिने दावी गरे ।
नेपाल प्रेस इन्स्टिच्यूटले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले बम, बारुद बोकेर आतंक फैलाइरहेको चन्द नेतृत्वको नेकपाको पक्षमा समाचार सम्प्रेषण गरिएको भन्दै संचार माध्यामहरुप्रति पनि आक्रोश व्यक्त गरे ।
मन्त्री बास्कोटाले राष्ट्रिय हितमा केन्द्रित भएर मर्यादित पत्रकारिता गर्न पनि सबै संचार माध्यामलाई आग्रह गरे ।
मन्त्री बास्कोटाले संचार माध्यामहरुले स्वतन्त्रताको उपयोग गर्ने नाममा अराजकता फैलाउने गतिविधिलाई प्राथमिकता दिन नहुने पनि बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३