काठमाण्डु महानगरपालिकाभित्रका सडक अब धूलोमुक्त हुने भएका छन् । आधुनिक प्रविधियुक्त ‘बु्रमर’ बाट शहरका सडक सरसफाइ अभियान सुरु भएपछि काठमाण्डु धूलोमुक्त हुने भएको हो । काठमाण्डु ‘ब्रमुर’ले धूलो सफा गर्ने देशकै पहिलो महानगरपालिका भएको छ । धूलो र धुवाँले महानगरबासीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्नुका साथै यहाँको सम्पदामै असर पुगेको थियो ।
महानगर क्षेत्रभित्रका सडक धुलोमुक्त बनाउने अभियानको सुरूवात मङ्गलबार काठमाण्डु महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले गरे । ‘हेर्दा सानो तर यसलाई ठूलो बनाउन युद्ध जितेजस्तै गाह्रो भयो’, अभियानको सुरूवात गर्दै उनले थपे, ‘उजुरी, विरोध, शंका उपशंकाका कारणले बु्रमर आउनै दुईवर्ष लाग्यो ।’
बु्रमर चिल्लो सडकमा मात्र धूलो उठाउने मेसिन भएकाले सडक विभाग, मेलम्ची खानेपानी आयोजनालाई भत्केका, भत्काइएका खाल्डाखुल्डी तत्काल पुरिदिन उनले आग्रह गरे ।
गोरखापत्रबाट
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३