काठमाण्डु, २० चैत्र – राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन् । राष्ट्रपति भण्डारी अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ)को दोस्रो अन्तर्रा्ष्टिय शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेकी हुन् ।
राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि दुबै देशमा तयारी बैठक भइरहेको छ । तर भ्रमणलाई राजकीय बनाउने वा नबनाउने भन्नेबारे टुंगो भने लागिसकेको छैन ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई चिनिया अधिकारीहरुले संघीय गणतान्त्रिक नेपालको राष्ट्रनायकको पहिलो भ्रमणको रुपमा लिएका छन् ।
यसपटक भने कम्युनिष्ट पार्टीको दुई तिहाई सरकारको राष्ट्रप्रमुख विद्यादेवी भण्डारीको चीनभ्रमणलाई निक्कै चासोका साथ हेरिएको छ । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको राजनीति विश्लेषकहरुको भनाई छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३