उनी पिंगलास्थानमा रहेको कम्पास रिक्रुटमेन्ट मेनपावर कम्पनीमा काम गर्थिन् । उनले प्रतिव्यक्ति २ लाख ४० हजार रुपैयाँसम्म लिएको खुलेको प्रहरीको भनाइ छ ।
यसअघि धनुषाका मोहम्मद गुलाम राइन र सबिर राइनलाई नेपाल वायु सेना निगमको उडानमार्फत दुबई जान लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागले राकेको थियो ।
त्यसपछि उनीहरुलाई वर्किङ भिसामा नभई भिजिटमा मात्र विदेश पठाउन खोजिएको खुलेको थियो । त्यसैले ठगी कसुर अन्तरगत जाहेरी लिएर प्रहरीले अनुसन्धान थालेको थियो ।
थापाबाट अन्य व्यक्ति पनि ठगिएको हुनसक्ने आशंकामा प्रहरीले जानकारी गराउन आह्वान गरेको छ ।