विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने सरकारी टोलीलाई बुधबार बिहान एक कार्यक्रमबीच प्रधानमन्त्री निवास बालुवाटारमा बिदाई गरिएको छ ।
२०७२ सालको विनाशकारी भूकम्पपछि सगरमाथाको उचाइ घटबढ भएको हुनसक्ने कुरा उठेपछि नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र नापी विभागले आफ्नै साधानबाट पहिलो पटक सगरमाथाको उचाइ मापन कार्य अघि बढाएको हो ।
उचाइ नाप्ने टोलीमा नापी विभागका प्रमुख खिमलाल गौतम, रविन कार्की, सर्वेक्षक सुरज सिंह भण्डारी र अमिन युवराज धिताल रहेका छन् ।
टोलीलाई बिदाई गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइँ नाप्न सुझाव दिएका छन् । उनले भने, ‘सगरमाथाको टुप्पोमा स्केल राखेर एक सेन्टिमिटर पनि फरक नपर्ने गरी यथार्थ उचाइ नाप्नुहोला ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३