काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालप्रति पर्यटकको सकारात्मक दृष्टिकोण बनाउन विमानस्थलका कर्मचारीको व्यवहारमा सुधार ल्याउनुपर्ने बताएका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मूल आयोजक समितिको तेस्रो बैठकलाई बुधबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विमानस्थलका कर्मचारीलाई दम्भ नदेखाउन आग्रह गरे ।
विमानस्थलका कर्मचारीले विदेशी पर्यटकलाई अनावश्यक सोधखोज गर्ने, नियम कानुन भन्दा बाहिर गएर व्यबहार गर्ने गर्दा पर्यटकहरुले नेपालप्रतिको सोचाइ सकारात्मक बनाउन नसक्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
‘सबभन्दा पहिला एयरपोर्टका अधिकृतहरुलाई तालिम दिनु पर्दछ । उनीहरुलाई दम्भ छोड भन्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘देशको इमेज बिग्रने गरी पर्यटकसँग व्यवहार गर्नुभएन । एयरपोर्टमा त नेपालको बारेमा सकारात्मक सन्देश दिएर स्वागत गर्ने हो ।’
प्रधानमन्त्री ओलीले भ्रमण बर्षको तयारीका लागि सबै क्षेत्रलाई जुट्न निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले सन् २०१९ भरीमा ट्राफिक व्यवस्थापन गरिसक्न, सडक सफा गर्न, होटल तथा अन्य पयर्टक आउजाउ गर्ने क्षेत्रका मानिसहरुलाई पर्यटकमैत्री व्यवहार गर्न सिकाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘भ्रमण बर्ष भब्यताका साथ सफल पार्नु पर्दछ’ उनले भने, ‘यसका लागि सबैले जुट्नु पर्दछ ।’
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३