१३ साउन, काठमाडौं – फुटपाथमा सवारी साधन पार्किङ गरेर पैदल यात्रुलाई कठिनाई पुर्याउने १ सय २२ सवारी धनी आइतबार ट्राफिक प्रहरीको कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यकाभित्र नियम मिचेर सवारी चलाउने तथा जथाभावी पार्किङ गर्नेलाई निरुत्साहित गर्ने अभियान तिब्र बनाउने क्रममा ट्राफिकले त्यस्ता सवारी धनीलाई कारबाही गरेको जनाएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएअनुसार अनावस्यक हर्न बजाएर वातावरण कोलाहल पार्ने १ सय ४८ तथा जेब्रा क्रसिङमाथि रोक्ने १९ सवारी चालक पनि कारबाहीमा परेका छन्।
ट्राफिक प्रहरीले नियम मिच्ने कुल १ हजार ६ सय ७४ सवारीलाई आइतबार कारबाहीको दायरामा ल्याउँदा निशेधित क्षेत्रमा पार्किङ गरिएका ६१ सवारीको ह्विल लक गरिएको थियो।
यसैगरी लेन अनुसासन मिच्ने १ सय २ तथा मादक पदार्थ सेवन गरेर सवारी चलाउने १ सय १ सवारी चालक कारबाहीमा पर्दा मिटरमा जान नमान्ने ३५ ट्याक्सी तथा २० टिपरलाई पनि कारबाही गरिएको थियो।
सहरका विभिन्न स्थानमा राखिएका सिसिटिभीको फुटेज हेरेर नियम मिच्ने ८१ सवारीलाई कारबाहीको दायरामा ल्याउँदा अन्य सामान्य गल्तीमा ९ सय ८५ सवारी चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३