१३ साउन, काठमाडौं – विभागीय जिम्मेवारीबारेको विवाद मिलाउन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेकपा सचिवालय बैठकमा बाघको भविष्यलाई लिएर चिन्ता भएको छ ।
बैठकमा नेताहरुले बाघको संख्या घटेकामा चिन्ता व्यक्त गरेका थिए । विश्व बाघ दिवसको अवसर पारेर नेताहरुले बाघको संख्या कसरी बढाउने भन्नेमा समेत छलफल गरेको बैठकमा सहभागी एक सचिवालय सदस्यले जानकारी दिए । ‘नेपालमा बाघको संख्या कसरी बढाउन सकिन्छ भन्नेबारेमा कुराकानी भयो’, ती नेताले भने, ‘बैठकमा संगठनात्मक विषयमा भन्दा बाघकै विषयमा बढी कुराकानी भयो ।’
नेकपामा पछिल्लो समय पार्टी स्कुल विवादको नेतृत्वलाई लिएर विवाद छ । पूर्वएमाले र पूर्वमाओवादी दुवै खेमाले स्कुल विभागको नेतृत्व दाबी गरेपछि उक्त विषयमा निर्णयमा पुग्न शीर्ष नेतृत्वलाई कठिनाई भएको छ । स्कुल विभागको नेतृत्वमा नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, घनश्याम भुसाललगायतको दाबी छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३