१७ साउन, काठमाडौं – काठमाडौं-१६, बालाजु चोकमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा दुई जना मजदुरको मृत्यु भएको छ ।
घाइते अवस्थामा उद्दार गरिएका सप्तरीका २५ वर्षीय सुरेश साह र २० वर्षीय शिवराम साहको उपचारका क्रममा मृत्यु भएको हो ।
महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी श्यामलाल ज्ञवालीले उनीहरूको मृत्यु भएको पुष्टि गरे ।
काठमाडौं प्रहरीका एसपी अशोक सिंहले ठूलो पाइपभित्र पसेर काम गर्ने क्रममा दुर्घटना भएको बताए । ‘भित्र पसेको धेरै वेरसम्म नफर्किएपछि उद्दार गरेर त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको थियो’, उनले भने ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३