एप्पलले आफ्नो नयाँ आईफोन सेप्टेम्बर महीनामा सार्वजनिक गर्ने भएको छ ।
एप्पलले आईफोन ११ का साथै नयाँ आईप्याड र नयाँ म्याकबुक सार्वजनिक गर्न लागेको हो । नयाँ आईप्याडमा १०.२ इन्चको डिस्प्ले स्क्रिन र म्याकबुकमा १६ इन्चको स्क्रिनको प्रयोग गरिनेछ ।
एप्पलका निकट विश्लेषकका अनुसार नयाँ आईफोन ११ मा एप्पल पेन्सिलको सपोर्ट पनि मिल्नेछ । यदि यसो भएको खण्डमा यो पेन्सिल सपोर्ट गर्ने पहिलो आईफोन हुनेछ । यसको सहयोगमा प्रयोगकर्ताले धेरै कामहरु सहजै गर्न सक्छन् ।
समाचारमा बताइएअनुसार यसपटक आईफोनको टप वारियन्टमा १० मेगापिक्सलको सेल्फी क्यामेरा र १४ मेगापिक्सलको रेयर क्यामेरा पनि मिल्नसक्छ ।
एप्पलले यसअघि डब्ल्यूडब्ल्यूडीसी २०१९ कार्यक्रममा आफ्ना नयाँ आईप्याड सार्वजनिक गरेको थियो । यसलाई कम्पनीले आईओएस१३ मा सार्वजनिक गर्नसक्ने बताइएको छ । कम्पनीले आईओएस१३ मा केही विशेष फिचर्स पनि दिएको छ ।
यसमा पहिलोपटक डार्क मोड सामेल गरिएको छ । यसमा होम स्क्रिन रिडिजाइन गरिएको छ । जसबाट प्रयोगकर्तालाई नयाँ इन्टरफेस मिल्नेछ । साथै एक पेजमा धेरै एप्स देखिनेछन् । यसमा स्प्लिट व्यूका लागि नयाँ अपडेट पनि मिल्नेछ । जसबाट मानिसहरु एकसाथ धेरै फाइल र डकुमेन्ट्समा काम गर्न सक्नेछन् । एजेन्सी
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३