२० पुस, काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ६ दिने चीन भ्रमणको क्रममा आइतबार बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको पब्लिक सेक्युरिटी मिनिस्ट्रीको निमन्त्रणमा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा चीनका जनसुरक्षामन्त्री, उच्च सरकारी अधिकारी तथा चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
मन्त्रीको टोलीले चीनको बेइजिङ, साङ्घाई र ल्हासा भ्रमण गर्ने कार्यक्रम रहेको छ । टोलीमा गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. ईन्द्रजित राई, गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्मा लगायत सहभागी छन् । थापा पुस २५ गते स्वदेश फर्कने कार्यक्रम छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३