महेन्द्रनगर – सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन्। बिहीबार कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल दूरसञ्चार कार्यालयको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै आफूमाथि लागेको आरोप तथ्यका आधारमा प्रमाणित गर्नुपर्ने प्रष्ट पारे।
‘आरोप आफैमा ठूलो कुरो होइन, आरोप दिनदिनै लाग्छ ।सरकार सञ्चालन गर्दा आरोप लाग्दै जान्छन्,’ उनले थपे , ‘कहिले राष्ट्रघात, कहिले विकास निर्माण त कहिले भ्रष्टाचार गरेको आरोप लाग्छ, हामी संघर्ष गर्दै अगाडि बढ्छौं।’
उनले यस्ता आरोप असत्य प्रमाणित हुने दाबी गरे । सरकार सञ्चालन गर्दा आरोप लाग्ने गरेको स्वभाविक भएको बताउँदै संघर्षसित जुध्दै जाने उनले बताए ।
‘सरकार भ्रष्टाचारमा डुब्यो भन्छन् खै कहाँ डुब्यो ?,’ उनले प्रश्न गरे। बालुवाटार प्रकरणमा सरकारले सत्यतथ्य छानविन भइरहेको दावी गर्दै उनले माधव कुमार नेपाल र विष्णु पौडललाई अदालतले निर्दोष ठहर भएको जिकिर गरे । ‘तथ्य प्रमाणले जे भन्छ त्यही गर्ने हो,’उनले भने, ‘अदालतको निर्णय पनि नमान्ने हुन्छ ?’
सेक्युरिटी मेसिन खरिदबारे मन्त्री बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएको छ । ‘७० करोडको कुरा आएको छ के भयो त अरबको कुरा पनि आउँला, ‘उनले भने, ‘ममाथि लागेको आरोप मैले पुष्टि गर्न सक्नुपर्छ ।उनले केही व्यक्तिले सरकारको बदनाम गर्न निराधार आरोप लगाउने गरेको बताए।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३