काठमाडौं – नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बिहीबार छापावाल सुन ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा शुक्रबार पनि सोही मूल्य यथावत् रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदीको मूल्य भने बिहीबारको तुलनामा घटेको छ। चाँदी बिहीबार ९ सय ५० रुपैयाँ प्रतितोला कारोबार भएकोमा शुक्रबार ९ सय ३५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।
लकडाउनपछि जेठ २५ गतेबाट सुनचाँदी बजार खुलेको थियो। बजार खुल्दा नै १० हजार ४ सय रुपैयाँले मूल्य बढेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३