चितवन – चितवन राष्ट्रिय निकुञ्ज र यस क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा जेठ मसान्तसम्ममा प्राकृतिक कारणबाट २६ गैँडा मरेका छन्।
तीमध्ये २४ निकुञ्ज क्षेत्रमा र दुई वन क्षेत्रमा मरेका हुन्।
निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार एउटा हावाहुरीले ढलेको रुखले किचेर मरेको हो भने अन्य जुधेर, दलदलमा फसेर, बाघले आक्रमण गरेर, बूढो भएर, विद्युतीय करेन्ट लागेर मरेका हुन्। मर्नेमा धेरै बच्चा रहेको उनले बताए।
गत आर्थिक वर्षको यसै अवधिमा निकुञ्ज क्षेत्र र राष्ट्रिय वन क्षेत्रमा गरी ४३ गैँडा मरेका थिए।
प्राकृतिक कारणले गैँडा धेरै मरेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अध्ययन थालेको छ। पछिल्ला वर्षमा चोरी शिकारीका कारण गैँडा मर्न पाएका छैनन्। रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७