तनहुँ – तनहुँको भिमाद नगरपालिकास्थित जनज्योति क्याम्पसमा रहको क्वारेन्टाइनमा तोडफोड भएको छ ।
क्याम्पसमा बनाइएको क्वारेन्टाइनमा बस्नेहरुले पीसीआर रिपोर्ट नआएको भन्दै तोडफोड गरेको क्याम्पस संचालक समितिका अध्यक्ष जित प्रकाश आलेले बताए । तोडफोडबाट क्याम्पसको झ्याल, सिसा र कुर्ची क्षति भएको छ ।
क्वारेन्टाइनमा आश्रितलाई आफन्तले मदिरा र सुर्तीजन्य पदार्थ लगिदिने गरेका कारण यस्तो घटना भएको आशंका गरिएको छ । मदिरा सेवन गरेर त्यहाँ रहेका यूवाहरु तोडफोडमा उत्रिएका थिए । क्वारेन्टाइनमा बसेकाहरुको तीन हप्ता वितिसक्दा पनि पीसीआर रिपोर्ट नआएका कारण यो घटना भएको आश्रितहरुको भनाई छ ।
तोडफोडको घटनालाई लिएर भिमाद नगरपालिकामा सर्वदलिय बैठक बसेको थियो । बैठकले क्वारेन्टाइनमा खाना खाजाको राम्रो व्यवस्थापन, क्वारेन्टाइनको संख्या बढाई क्षमता अनुसारको राख्न सुझाव दिएको छ । सो क्वारेन्टाइनमा ७२ जना बस्दै आएका छ्न ।
यसैबीच, क्याम्पसका प्रमुख केशवराज काफ्लेले विपतका बेलामा क्याम्पसको शैक्षिक भवन क्वारेन्टाइन बनाउन दिएको बताउँदै तोडफोड भएकोमा दुःख व्यक्त गरे । कुनै अप्रिय घटना हुन नदिन बेलैमा सम्बन्धित निकाय सचेत हुनुपर्नेमा उनले सुझाव पनि दिए ।
यसैगरि, भिमाद नगरपालिकाका प्रमुख मेख बहादुर थापाले क्वारेन्टिनमा भएको तोडफोडको विषयबस्तु सामान्य भएको बताए । नगरपालिकाको क्वारेन्टिन जिल्लाकै नमूना भएको उनले दावी गरे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३