तुलसीपुर – दाङको शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ सुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द समूहका तीन जनालाई मंगलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
आक्रमणबाट घाइते भएका डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । रासस
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३