सप्तरी – सेवाग्राहीसँग घूस लिइरहेको अवस्थामा सप्तरी मालपोत कार्यालयबाट एक जना कर्मचारी पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले सदरमुकाम राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका नायव सुब्बा कृष्णबल्लभ ठाकुरलाई घुससहित पक्राउ गरेको हो ।
जग्गासम्बन्धी काम सजिलै गराइदिने भन्दै सेवाग्राहीसँग १३ हजार घुस लिँदै गर्दा उनलाई कार्यकक्षबाटै पक्राउ अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धान गरिरहेको अख्तियारको भनाइ छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७