काठमाडौं – बाग्लुङको ढोरपाटन नगरपालिकामा कार्यरत इन्जिनियर मिलन अधिकारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले सेवाग्राहीसँग उक्त रकम घुस लिइसकेको अवस्थामा पोखरा महानगरपालिकाको जिरो प्वाइन्टस्थित एक होटलबाट अधिकारीलाई बुधबार पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
सडक निर्माण सम्बन्धी योजनामा उपभोक्ता समितिलाई भुक्तानीका लागि सहजीकण गरिदिएबापत घुस मागेको सूचनाको आधारमा उनलाई पक्राउ गर्न सफल भएको अधिकारीले बताए । कोइरालाका अनुसार उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७