काठमाडौँ – खोकनामा असार २० गते धान रोपाइँका क्रममा स्थानीय र प्रहरीबीचको झडप भयो । अश्रु ग्याँस, लाठी चार्ज तथा हवाई फायरसमेत भयो । प्रहरी र स्थानीय दुवै पक्ष घाइते पनि भए । कारण थियो काठमाडौँ तराई द्रुतमार्ग, बाहिरी चक्रपथ तथा बागमती करिडोर जस्ता परियोजनाले गरेको भूमी अतिक्रमण ।
स्थानीयको शनिबार पनि धान रोपाइँ गर्ने कार्यक्रम रहेको छ । खोकनाबासी अनेक तबरले आफ्नो भूमीको रक्षा गर्न लागि परेका छन् ।
त्यसै क्षेत्रकी सांसद पम्फा भुसालले विगत ११ वर्षदेखि नै त्यहाँका जनता निरन्तर आन्दोलनमा रहेको बताएकी छन् । त्यहाँ निर्माण हुने बहुयोजनाले ऐतिहासिक, सांस्कृतिक वस्तीमा असर पर्ने पनि उनले बताइन् ।
धेरैजसो किसानले मुआब्जा नलिएपनि रोपाइँमा गएका किसानमाथि प्रहरीले धरपकड गरेको सांसद भुसालले बताइन् । दुई रोपनी मुआब्जाले त्यहाँ दुई आना जग्गा किन्न नपुग्ने पनि उनको तर्क थियो ।
एक मिडियासँगको अन्तर्वार्तामा विवाद विस्थापनको भएपनि मुआब्जा पनि न्यायोचित हुनुपर्ने उनले बिचार राखेकी हुन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७