ललितपुर – खोकनाका किसानले शनिबार पनि आफ्नो खेतमा रोपाइँ गरेका छन् । असार १५ र २० गतेको रोपाइँमा प्रहरीले अवरोध गरेपनि आज भने प्रहरीको उपस्थिती नै रहेन ।
काठमाडौँ तराई जोड्ने फास्ट ट्रयाक र अन्य विविध परियोजनाले खोकना र बुङ्गमतीको संस्कृती र सम्पदा मासिने साथै उचित मुआब्जा नदिएर सरकारले बलजफ्ती आफुहरुको जग्गा अतिक्रमण गरेको आरोप स्थानीयले लगाउने गरेका छन् ।
प्रहरीले आज अवरोध नगरेको र आगमी दिनहरुमा पनि यसै कदमको अपेक्षा गर्दै यस कार्यको स्वागत गरेको स्थानीय नेपाल डंगोलले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७