काठमाडौं – कोरोना संक्रमितको संख्या थपिएसँगै अस्पताल र होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयका अनुसार शनिबार देशभर ३ हजार ९ सय १६ जना संक्रमित होम आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार सबै भन्दा बढी प्रदेश २ मा ३ हजार १ सय ८२ जना होम आइसोलेसनमा छन्।
त्यस्तै प्रदेश ५ मा २८६, प्रदेश १ मा २६६, बाग्मती प्रदेशमा १११, गण्डकी प्रदेशमा २७, सुदूरपश्चिम प्रदेशमा २६ र सबै भन्दा थोरै कर्णाली प्रदेशमा १८ जना रहेको मन्त्रालयको तथ्याक रहेको छ।
त्यस्तै शुक्रबार ३ हजार ५ सय ८६, बिहिबार ३ हजार ४ सय ७२ जना र बुधबार ३ हजार १ सय ३१ जना संक्रमित होम आइसोलेसनमा थिए।
हाल सक्रिय संक्रमितको संख्या १२ हजार ६ सय २१ छ । होम आइसोलनमा रहेका बाहेकका सक्रिय संक्रमित भने संस्थागत आइसोलेसनमा छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३