काठमाडौं – गृहमन्त्रालयले कोभिड १९ सम्बन्धी मापदण्ड र प्रोटोकल पालना नगर्नेहरुलाई धमाधम कारबाही गर्दै छ । गृहमन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हालसम्म मास्क नलगाइ हिड्ने ४ लाख ६४ हजार २१६ जनालाई कारबाही गरेको जनाएको छ ।
त्यस्तै, ३ लाख ९० हजार ५४५ जनालाई सम्झाइबुझाइ छाडेको ४२ हजार ६५ जनालाई मास्क वितरण गरेको र ३१ हजार ६०६ जनालाई कारबाही गरेको जनाएको छ । त्यस्तै हालसम्म प्रवेश अन्ुमति नै नलिइ सवारी साधन सचाउने ८ हजार ६२१ वटा सवारी साधानबाट उपत्यका प्रवेश गर्न खोज्न २० हजार ८७६ जनालाई प्रवेश नाकाबाटै फर्काएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७