Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१९ घण्टा अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

१

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
२

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

१ हफ्ता अघि
३

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
४

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

३ हफ्ता अघि
५

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
६

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
७

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
८

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

५ दिन अघि
९

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१०

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

१ हफ्ता अघि
११

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१९ घण्टा अघि

कामबिना पत्रकारदेखि बैंकसम्मको कार्ड भिरेर अन्तै घुम्‍न हिँडेका व्यक्तिसमेत फेला

प्रकाशित मिति: २०७७ भाद्र ११, बिहिबार (४ साल अघि)

  • ३५३ पटक पढिएको
  • काठमाडौं – कोभिड-१९ रोक्न मुलुकका विभिन्‍न जिल्लामा अत्यावश्यकबाहेक गतिविधि सञ्चालनमा निषेध गरिए पनि पूर्णतः कार्यान्वयन हुन सकिरहेको छैन।  मानिसका लापरवाहीले सङ्क्रमण रोक्ने सरकारी अभियानमा नकारात्मक असर परिरहेको छ।

    महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँका अनुसार जानकारीमा हुँदाहुँदै पनि मानिसले सरकारी आदेश  र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गरिरहेका छन्।  जथाभावी हिँडडुल गर्नेदेखि अनावश्यकरूपमा सवारी साधन चलाउने देशभर नै भेटिएका छन्। कतिपय भने मास्क नै नलगाई हिँड्ने गरेको समेत पाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक  भीमप्रसाद ढकालले बताए। मानिसको अटेरीपनका कारण जोखिम बढ्ने भएकाले त्यसविरुद्ध थप कडाइ गरिएको उनले बताए।

    ‘निषेधाज्ञाको समयमा अत्यावश्यक कामका लागि सहजीकरण गरिएको छ, यस्तो अवस्थामा अत्यावस्यकका नाममा अनावश्यक घुमफिर भएकोसमेत पाइयो’, उनले भने, ‘त्यस्ता गतिविधि रोक्न छड्के जाँच शुरु गरिएको छ।’ निषेधाज्ञाको उल्लङ्घन हुन थालेपछि तीन दिनदेखि उपत्यकाका १२० स्थानमा हुने छड्के जाँचका लागि १२० प्रहरी परिचालन गरिएको छ। उक्त टोलीले अत्यावश्यक सेवाका लागि हिँडेकाहरूको गतिविधिसमेत निगरानी गर्नेछ।  त्यस्ता गतिविधि गर्ने दुई हजार १४ जना कारवाहीमा परेका छन्।

    मुख्य गरी प्रहरीको उपस्थिति नभएका ठाउँबाट अत्यावश्यक भनेर अनावश्यकरूपमा गाडी चलाउने पाइएको छ।  नक्कली परिचयपत्र बनाएर हिँड्ने, अत्यावश्यक कामका लागि हिँडेको भनेर ढाँट्ने र बन्दाबन्दीका बेलाको सवारी पास बोकेर हिँड्ने समेत फेला परेको छ। कामबिना पत्रकारदेखि बैंककोसम्म कार्ड भिरेर अन्तै घुम्‍न हिँडेका व्यक्तिसमेत फेला परेको महाशाखाले जनाएको छ।  प्रवउ ढकालले ट्राफिक प्रहरीले उपत्यकामा सामाजिक सचेतनाका कार्यक्रमलाई समेत सँगै अघि बढाइएको जानकारी दिए। ट्राफिक नियम पालना गर्न, अनिवार्य मास्क प्रयोग गर्न, सामाजिक दूरी कायम गर्न अनुरोध गर्दै विभिन्‍न चोकमा प्रचारात्मक साइन बोर्ड राख्‍न थालिएको छ।

    महाशाखाका अनुसार काठमाडौँ उपत्यकामा एक साताको निषेधाज्ञाका समयमा सात हजार १६३ सवारी साधनलाई ‘होल्ड’ मा राखेर कारवाही गरिएको छ। त्यसमा ८० प्रतिशत मोटरसाइकल रहेको प्रहरीले जनाएको छ।  दुई दिनमा मात्रै अत्यावश्यक काम भनेर अनावश्यकरूपमा हिँड्ने एक हजार १०२ जनालाई कारवाही गरिएको छ। आजै ३०६ जनालाई नियन्त्रणमा लिइसकिएको छ।

    निषेधाज्ञा उल्लङ्घन रोक्न उपत्यकाका ४५ स्थानमा संयुक्तरुपमा अस्थायी सुरक्षाचौकी स्थापना गरी निगरानी गरिएको छ।  यस्ता गतिविधिले कोभिड-१९ सार्न सहयोग पुग्ने भएकाले संयम हुन र अत्यावश्यक काम नपरी बाहिर ननिस्कन प्रहरीले सबैमा अनुरोध गरेको छ। उपत्यकाका तीन जिल्लामा यही भदौ १७ गतेसम्मका लागि निषेधको आदेश जारी गरिएको छ। निषेधाज्ञाका समयमा अत्यावश्यकबाहेक गतिविधि पूर्ण रोक लगाइएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले आदेशको पूर्ण पालना गरी रोगको सङ्क्रमण रोक्ने सरकारी अभियानमा सहयोग गर्न पनि अपिल गरे।

    पछिल्लो समयमा नेपालमा कोभिड-१९ को सङ्क्रमण बढिरहेको छ। उपत्यकामा समेत सङ्क्रमण दरमा वृद्धि भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा दैनिक २०० देखि ३०० को हाराहारीमा नयाँ सङ्क्रमित देखिँदै आएको छ।  सरकारले गत साउन ६ गतेदेखि बन्दाबन्दी अन्त्य भएको घोषणा गरेको थियो। त्यसपछि मानिसको आवागमन ह्वात्तै बढ्दा सङ्क्रमण बढेको जनस्वास्थ्यविज्ञको भनाइ छ। एक महिनाका अवधिमा नजानिँदोरुपमा सङ्क्रमण र मृत्युदर बढिरहेको छ।

    स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले मास्क अनिवार्य लगाउने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजाने र राम्ररी साबुनपानीले हात धुने गर्दा कोभिड-१९ बाट बच्न सकिने बताए। आफूबाहेक अरु सबै सङ्क्रमित छन् भन्ने सोचेर सावधानी अपनाउने हो भने सङ्क्रमण फैलनबाट रोक्न सकिने उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १९ घण्टा अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ५ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    १ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    १ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution