गोरखा – बालिका बलात्कारको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला अदालतमा आज भएको थुनछेकको बहसमा अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि रानाभाटलाई कारागार चलान गरिएको हो ।
जिल्ला न्यायाधिश रमेशकान्त अधिकारीको इजलासले रानाभाटलाई कारागार चलान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए । गत साउन १६ गते गाउँकै एक १५ वर्षीया बालिकालाई पटक–पटक बलात्कार गरेको आरोपमा अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका रानाभाटलाई प्रहरीले जबरजस्तीकरणी शीर्षकमा मुद्धा दर्ता गरि अनुसन्धान अघि बढाएको थियोे । प्रहरीले अनुसन्धान पुरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अभियोजनका लागि जिल्ला अदालतमा पेश भएकामा अदालतले पुर्पक्षका लागि कारागार पठाउने निर्णय गरेपछि प्रहरीले रानाभाटलाई कारागार चलान गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७