काठमाडौं -नेपाल प्रहरीमा चार डीआईजीसहित २५ सय ५८ जनालाई कोरोना संक्रमण भएको छ । काठमाडौं उपत्यकामा मात्रै ९०३ प्रहरी कोरोनाका सक्रिय संक्रमित भएका छन् ।
११ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत १४२ र काठमाडौं उपत्यकाका ७६१ जना सक्रिय संक्रमित छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार प्रदेश १ मा १३९, प्रदेश २ मा ६०, वाग्मती प्रदेशमा ८१, गण्डकीमा ८१, प्रदेश ५ मा १०७, कर्णाली प्रदेशमा ४४ र सुदूरपश्चिम प्रदेशमा १३ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३