काठमाडौं – काठमाडौं उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
आइतबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार २४ घण्टामा थप ५ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। तीमध्ये काठमाडौं जिल्लाका ४ सय ८३ जना, ललितपुरका ३३ जना र भक्तपुरका ८१ जना छन्।
हालसम्म काठमाडौं जिल्लामा ९ हजार १०३, ललितपुरमा १ हजार १२९ र भक्तपुरमा ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा नेपालभर एक हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। अहिलेसम्म नेपालमा ५४ हजार एक सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ।
एक हजार १ सय १३ जना आइतबार उपचार गरी घर समेत फर्किसकेका छन् भने निको हुनको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।
त्यस्तै ९ जनाको मृत्यु समेत भएको मन्त्रालयले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३