काठमाडौं – सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) ले शेयर कारोबारका लागि सहज बनाउन ‘मेरो सेयर’ एप सञ्चालनमा ल्याएको छ। अहिले परीक्षणका लागि ‘गुगल प्ले स्टोर’ मा अपलोड गरिएको यो एप आईओएसका लागि पनि चाँडै निर्माण गरिने भएको छ ।
मेरो शेयरको वेब भर्सनमा उपलब्ध ‘माइ आस्वा’ भित्र रहेका सुविधा बाहेकका सेवा उपलब्ध रहेको सिडिएसीले जनाएको छ । यसअन्तर्गत हाल लगानीकर्ताहरुले सेयर विवरण, बजार मूल्यको पोर्टफोलियो, आईपीओ, एफपीओ तथा हकप्रद सेयर आवेदन, भारित औषत लागत गणना, इडीआइएस जस्ता सुविधा प्राप्त गर्नेछन् ।
‘मेरो शेयर’ को यो मोबाइल एपबाट पोर्टफोलियो हेर्न तथा शेयरको विद्युतीय हस्तान्तरण गर्न पाइनेछ। तर आस्वा सुविधा भने प्राप्त गर्न सकिने छैन।
तत्कालका लागि लगानीकर्ताले प्राथमिक शेयर तथा हकप्रद शेयरमा आवेदन दिन सक्ने छैनन्। यसका लागि मेरो शेयरको साइटमा गएर आवेदन दिनु पर्नेछ। केही समयपछि लगानीकर्ताले यो सुविधा पनि प्राप्त गर्न सक्ने सिडिएसीले जनाएको छ।
कम्पनीले मेरो सेयर सफ्टवेयरलाई थप सरल, प्रयोगकर्ता मैत्री र सहज बनाउने उद्देश्यले एप बनाइएको जनाएको छ । पछिल्लो समय शेयर आवेदनमा देखिएको समस्या समेत समाधान हुने जनाइएको छ ।
तत्कालका लागि यो मोबाइल एप एन्ड्रोइड मोबाइल तथा ट्याबलेटहरुमा मात्रै उपलब्ध हुनेछ। विस्तारै एप्पलको एप स्टोरमा पनि उपलब्ध गराइने सिडिएससीले जनाएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३