कैलाली – कैलालीमा बलात्कार गरेको आरोपमा प्रहरीले एक अधिकृतलाई पक्राउ गरेको छ । जिल्लाको जोशीपुर गाउँपालिकामा कार्यरत अधिकृत भानुभक्त उपाध्यायलाई प्रहरीले बलात्कार आरोपमा पक्राउ गरेको हो ।
एक महिला कर्मचारीले आफू बलात्कृत भएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् । भदौ १९ गते उपाध्यायले बलात्कार गरेको महिलाले आरोप लगाएकी छन् ।
उजुरी दर्ता भएपछि शनिवार उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि जबरजस्ती करणीमा मुद्दासमेत दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्ष प्रतिक बिष्टले मुद्दा दर्ता भइसकेको र थप अनुसन्धान जारी रहेको बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३