काठमाडौं – काठमाडौं उपत्यकामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो।
तीमध्ये काठमाडौंका ४ सय ९२ जना, भक्तपुरका ९५ जना र ललितपुरका ५० जना छन्।
त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर थप १ हजार १ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै १ हजार ८ सय ९३ जना निको भई घर फर्किसकेका छन्।
पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३