काठमाडौं – सोमबार काठमाडौं उपत्यकामा थप ८ सय १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार उपत्यकामा थप ८ सय १७ जनामा संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ६ सय ४९ जना, भक्तपुरका ३६ जना र ललितपुरका १ सय ३२ जना छन्।
पछिल्लो २४ घण्टामामात्रै नेपालमा थप १ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै नेपालमा अहिले सम्म ७४ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ५४ हजार ६ सय ४० जना निको भइसकेका छन्। पछिल्लो २४ घण्टामा ७ सय ४२ जना निको भई घर फर्किएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ। अहिलेसम्म संक्रमणबाट ४ सय ८१ जनाले ज्यान गुमाएका छन्।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३