काठमाडौं – सरकारले घरबेटीहरुलाई भाडामा बस्नेलाई पीसीआर परिक्षण गर्न दबाब नदिन आग्रह गरेको छ । हिजोको मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले काठमाडौं उपत्यका भित्रिने सर्वसाधारणलाई पीसीआर परीक्षणका लागि दबाब नदिन अनुरोध गरेका हुन्।
पछिल्लो समय उपत्यका भित्रिने सर्वसाधारणलाई घरबेटीले अनिवार्य पीसीआर परीक्षण गर्न दबाब दिइरहेको गुनासो बढ्दो छ। त्यस्तै औद्योगिक प्रतिष्ठानले समेत आफ्ना कामदारलाई पीसीआर परीक्षण अनिवार्य गरेका छन्। जसले गर्दा टेकु अस्पतालनमा पीसीआर परीक्षण गर्नेहरुको भीड लाग्दै आएको छ।
यही भीड नियन्त्रण गर्न र गराउन पीसीआर परीक्षणका लागि दबाब नदिन उनले आग्रह गरेका हुन्। पीसीआर परीक्षणका लागि स्वास्थ मन्त्रालयले जारी गरेको मापदण्ड पालना गर्न समेत उनले आग्रह गरेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७