काठमाडौं – नवलपरासी पूर्व, गैंडाकोट नगरपालिका वडा नम्बर-१८, हुर्चिलका धनबहादुर सुगुरपाकको हत्याको कारण श्रीमती फूलमायाको परपुरुषसँगको सम्बन्ध देखिएको छ।
जसलाई बिना बाधा निरन्तरता दिन श्रीमान् धनबहादुरको हत्यासम्मको कुकृत्य गर्न उनी पुगेको खुलेको छ।
अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक चन्द्र थापाका अनुसार फूलमायाको सम्बन्ध गाउँकै मेखबहादुर सुनारीसँग हो। जति बेला श्रीमान धनबहादुर भने वैदेशिक रोजगारीको लागि दुबईमा थिए। यही सम्बन्धकै कारण अन्ततः धनबहादुरको हत्या भएको पाइएको थापाले बताए।
“धनबहादुर दुबई रहेको बेला उनीहरूबीच हिमचिम बढेको रहेछ,” उनले भने, “पछि घर आउँदा उनले एककान दुईकान हुँदै फूलमाया-मेखबहादुर सम्बन्ध थाहा पाएपछि एक दिन मार्छु भनेर धम्की दिँदा उल्टै धनबहादुरलाई मारेको देखियो।”
धनबहादुर करिब अढाइ वर्षको दुबइ बसाइपछि २०७५ सालको माघतिर घर आएका थिए। उनको हत्या २०७६ असार १९ गते भएको थियो, तर गुपचुप थियो। गत भदौ २९ गते फूलमाया पक्राउ परेपछि मात्रै हत्या घटनाबारे खुलासा भएको हो।
हाल, फूलमायासँगै मेखबहादुर इलाका प्रहरी कार्यालय गैंडाकोटको हिरासतमा छन्। उनीहरूको हिरासत बसा १६ दिन भएको छ।
बाँकी जीवनमा गुपचुप रूपमा भए पनि मायापिरतीलाई अगाडि बढाउने उनीहरूको सपनामा ‘ब्रेक’ लागेको छ।
प्रहरीले उनीहरूविरुद्ध कर्तव्य ज्यान मुद्दामा दुई सातादेखि अनुसन्धान गरिरहेको छ। अनुसन्धान सकिएपछि घटना सम्बन्धी मिसिल अदालतमा बुझाउने प्रहरी तयारी छ।
अनुसन्धानको क्रममा धनबहादुरको हत्यालाई प्रहरीले योजनाबद्ध हत्या भनेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३