काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या उच्च गतिमा बढिरहेको छ। बुधबार काठमाडौं उपत्यकामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ९ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
त्यसमध्ये काठमाडौंका ६ सय ९७ जना, भक्तपुरको ९३ जना र ललितपुरका १ सय १२ जना छन्।
उनीहरूको पछिल्लो २४ घण्टामा नेपालमा थप १५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३