जनकपुर । महोत्तरीमा जबरजस्ती करणीको आरोपमा प्रहरीले एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।महोत्तरीको भंगहा नगरपालिका वडा नम्बर–९ स्थित मुसहरी टोलकी एक दलित महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वडा सचिवलाई पक्राउ परेको हो ।
भंगहा वडा नम्बर ९ का वडा सचिव मिथिलेश यादवलाई बुधबार राति ९ बजे पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जनाए ।ती महिलाले दिएको बयान र जाहेरीका आधारमा वडा सचिव यादवलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक केसीले बताए । आरोपित वडा सचिव यादवलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३