काठमाडौं । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।
कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो ।
१४ गते (बुधबार) कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।
महिलाको शव नेपाली सेनाको टोलीले बिहीबार व्यवस्थापन गरेको छ । योसँगै कर्णालीमा कोरोनाले मृत्यु हुने र मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ७ पुगेको छ ।
सुर्खेत र दैलेखका ३/३ जना र एकजना डोल्पाका व्यक्तिको मृत्यु भएको महाशाखाले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७