काठमाडौं – काठमाडौं उपत्यकामा थप एक हजार ५ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ११७८, भक्तपुरमा १०३ र ललितपुरमा २ सय ५० जनालाई संक्रमण पुष्टि भएको हो।
उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
सोमबार थप २ हजार २४० जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म देशभर संक्रमित हुनेको संख्या ८९ हजार २६३ पुगेको छ।
त्यस्तै यस अवधिमा १ हजार १३३ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६५ हजार २०२ पुगेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३