काठमाडौं – हिजो आज दिनहुुँ जसो बलात्कारका घटना सार्वजनिक भइरहेका छन् । समाचारमा मात्रै होइन, सामाजिक सञ्जाल पनि यहि घटनाले प्रमुख स्थान पाइरहेका छन् । बलात्कारीको आरोपमा मानिसहरु प्रहरीद्वारा पक्राउ नभएका पनि होइनन् । तर, कतिपय घटनाका दोषीहरु जेल सजाय भोगिरहेका छन् । बलात्कारका घटनामा भने अझै पनि कमी आउन सकेको छैन । देशभरी सार्वजनिक भएका बलात्कारका घटनाको अनुपातमा हेर्ने हो भने त झन बढ्दो छ । गत आर्थिक वर्षमा मात्रै २४४९ वटा बलत्कारका घटना भएको देखिन्छ ।
यस्तो छ तथ्याकं
गत आर्थिक वर्ष २०७६/७७मा देशभर २ हजार ४ सय ४९ वटा बलात्कारका घटना भएको थिए । जसमा चिने जानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी घटना भएको छन । सो आर्थिक वर्षमा प्रहरीमा पीडकका विरुद्ध २ हजार १ सय ४४ वटा मुद्दा दर्ता भएका छन ।
तथ्यांक अनुसार छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ बलात्कारका घटना भएका छन् भने नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ वटा घटना भएका छन् ।
यसैगरी, हजुरबुवाबाट ६, बुवा र झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा र छोराबीच ३, काका÷मामा÷ठूलो बुवाबाट ४१, दाजुभाइ÷काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर÷जेठाजुबाट १३ तथाश्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ ।
तथ्यांक अनुसार गत आर्थिक वर्षमा नै घर मालिकबाट ३, केटा साथीबाट ९३, भिनाजुबाट ५, शिक्षकबाट ४५, पारपाचुके भएका श्रीमानबाट २८, नचिनेका व्यक्तिहरूबाट ४ सय ९७ र नखुलेका व्यक्तिबाट ५ वटा घटना भएका छन् ।
तथ्यांकले सो आर्थिक वर्षमा सबैभन्दा बढी बलात्कारका घटना प्रदेश १ मा भएको देखाएको छ । प्रदेश १ मा ५ सय ४२ घटना भएका छन् ।
यसैगरी, प्रदेश २ मा ३ सय ४२, बाग्मती प्रदेशमा २ सय ८४, गण्डकी प्रदेशमा १ सय७३, प्रदेश ५ मा ३ सय ९९, कणार्ली प्रदेशमा १ सय ७७, सुदूरपश्चिम प्रदेशमा २ सय ३६ र उपत्यकामा २ सय ९६ वटा घटना भएको तथ्यांकले देखाउँछ ।
आफन्तबाट बढी सुरक्षित भइने विश्वास, घरभित्रका कुरा बाहिर नजाने भन्ने मानसिकता, आर्थिक प्रलोभन लगायतका कारणबाट बलत्कारका घटना हुने गरेको प्रहरीको भनाई छ । यी विभिन्न करणबाट घटना भएपनि आधा जसो घटना गुपचुप नै रहने गरेको र पटक पटकको आजीत व्यवहार, गर्भ रहेको अवस्था र सम्बन्धमा व्यक्तिगत रिसिवी अथवा द्वन्द्वका घटना हुँदा घटना बाहिर आउने गरेको प्रहरी बताउँछन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३