तनहुँ – अवैध रुपमा खोलामा करेन्ट लगाई माछा मार्ने ९ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर सानोडुम्रेस्थित चुँदीखोलामा अबैध रुपमा करेन्ट लगाई माछा मारेको अभियोगमा ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा भानु नगरपालिका कल्याणटारका बिशाल परियार, सन्तोष परियार, श्रवण तामाङ, प्रदिप तिरुवा, श्याम भुजेल, राज कुमाल, प्रदिप कुमाल, बिनोद परियार र सम्राट तामाङ रहेका छन् ।
करेन्ट लगाई माछा मारिरहेको अवस्थामा ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई माछा मार्न प्रयोग भएको मेशिन तथा टाँगा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय तनहुँमा उपस्थित गराएकोमा जनही ५ हजार रुपैयाँ जरिवाना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३