काठमाडौं – नेपाल टलिकमका बरिष्ठ सहायक रामचन्द्र लामिछानेमाथि अख्तियारले ८६ लाख भष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । नेपाल टेलिकम, केन्द्रीय स्टोरअन्तर्गत थानकोट स्टोरमा कार्यरत बरिष्ठ सहायक लामिछानेमाथि स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा अनियमिता भएको उजुरीको आधारमा अख्तियारले अनुसन्धान गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा नेपाल टेलिकम, वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय, छाउनीबाट गरिएको स्कार्प डिसमेन्टल ब्याट्री लिलाम कार्यमा ८६ लाख ८८ हजार १ सय ३२ रुपैयाँ लामिछानेले अनियमितता गरेको पृष्टि भएको थियो ।
लामिछानेले सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको प्रमाणित भएकोले कानुन बमोजिम हानिनोक्सानी बिगो रकम निज रामचन्द्र लामिछानेबाट असुल उपर गरी पाउनसमेत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जनाएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७