काठमाडौँ – सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्।
बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका-११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो। रानालाई धनगढी उप-महानगरपालिका-१ फार्कमोडबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।
वन कार्यालयले केही दिनअघि ट्याक्टर र काठ बरामद गरेको थियो। बरामद काठको मुद्दा मिलाइदिने भनी चौधरीले सेवाग्राहीसँग घुस मागिरहेका थिए। उनलाई घुस बुझाउन रानाले विचौलियाको काम गरेको आरोप छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७