काठमाडौं – सरकारले कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई कोभिड– १९ को लक्षण देखिए वा संक्रमित भएमात्र क्वारेन्टिन वा आइसोलेसनमा राख्ने नीति लिएको छ ।
संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीको अभाव हुन थालेपछि लक्षण देखिए वा कोरोना पोजेटिभ देखिएमात्र स्वास्थ्यकर्मी क्वारेन्टिन र आइसोलेसनमा बस्न पाउनेछन् ।
यसअघि सरकारी कोभिड अस्पतालमा १५ दिन उपचारमा संलग्न भएपछि १५ दिन क्वारेन्टिनमा बस्ने प्रचलन थियो । त्यस्तै संक्रमितको क्लोज कन्ट्याक्टमा भएकाहरु पनि क्वारेन्टिनमा बस्ने गरेका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट स्वास्थ्यकर्मी क्वारेन्टिन बस्ने नयाँ व्यवस्था गरिएको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७