काठमाडौँ – मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा संकटकाल लाग्ने, कर्फ्यू लाग्ने सूचना सम्प्रेषण भइरहेको पाइएको छ।
गृह मन्त्रालयले यी सूचनाको तथ्य नरहेको भन्दै सोमबार सजग गराएको छ।
गृहले सोमबार विज्ञप्ति जारी गरी ती सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको जानकारी गराएको हो।
गृहले यस घटनालाई गम्भीरतापूर्व अनुसन्धान थालिएको पनि जनाएको छ।
गृह प्रवक्ता चक्रबहादुर बुढाले त्यस्तो सूचना सम्प्रेषण गराउनेमाथि प्रहरीले अनुसन्धान गरिरहेको बताए।
विगत केही समययता मानिसहरूलाई मोबाइलमा भ्रमपूर्ण सूचना पठाउने काम भइरहेको गुनासो गृहमा पुगेको थियो।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७