काठमाडौं – मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । अपरान्ह बस्न लागेको बैठकले कोरोना महामारीको बेलामा मन्त्रिपरिषद्मा रहेकाले पाउने दशैं भत्ताबारे निर्णय लिने भएको छ ।
मन्त्रीहरुले पाउने भत्ता कोभिड १९ जोखिमसँग जुध्न बनेको कोषलाई प्रदान गर्ने निर्णय गर्न लागेको बुझिएको छ । महामारीको बेलामा भत्ता लिएको भन्दै सर्वत्र आलोचना भएपछि मन्त्री देखि जनप्रतिनिधिहरु धमाधम भत्ता नलिने र कोषमा दाखिला गर्ने निर्णयमा पुगेका छन् ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र नेपाली काँग्रेसले सांसदहरुको भत्ता कोरोना रोकथाम तथा जोखिम कोषमा दाखिला गर्ने निर्णय गरिसकेका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७